Gold
Bangad salyan

अब देशमा सक्रिय संक्रमितको संख्या ७९५ जना मात्र ,

फागुन २०,काठमान्डौ – गत पछिल्लो २४ घण्टामा देशभर १०७ जनामा कोरोना संक्रमण थपिएका छन् । ५ हजार ५ सय ३६ जनाको नमुना परीक्षण गर्दा ३७ महिला र ७० जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ । बिहीबार थप ७८ जना निको भएर गाहार फर्केपछि हाल सम्म २ लाख ७० हजार ६८३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट हालसम्म ३ हजार १० जनाको मृत्यु भएको छ ।

अब देशभर सक्रिय संक्रमितको संख्या ७९५ रहेको छ भने हाल सम्म नेपालमा अकोरोनाबाट मर्नेको संख्या ३ हजार १० पुगेको हो। पछिल्लो २४ घन्टामा भने कुनैपनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।