Gold
Bangad salyan

विप्लव आज सार्वजनिक हुँदै ,

फागुन २१ ,काठमान्डौ – नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज काठमाडौंमा सार्वजनिक हुँदै छन् । सरकारसंग ३ बुँदे सहमतिसंग शान्तिसम्झौता भएपछि विप्लव सार्वजनिक हुन लागेका हुन् , राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे विप्लव सार्वजनिक हुन लागेका हुन् ।

सभागृहमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही समारोहमा प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षरसमेत हुने छ ।

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने, विप्लवमा सरकारले लगाएको प्रतिबन्ध हटाउने, आफ्ना सिरासत्मा रहेका आफ्ना कार्यकर्तालाई बन् रिहा गर्ने र मुद्दा खारेज गर्ने जस्ता सहमति भएको बताईएको हो। विप्लवले हतियार बिसाउने वा नबिसाउने भन्ने बारेमामा भने सहमति पत्रमा खुलाईएको छैन।विप्लवले हत्या हिँसाको बाटो संगालेको भन्दै सरकारले २०७५ फागुन २८ गते सो समूहमाथि प्रतिबन्ध लगाएको थियो ।