Gold
Bangad salyan

वामदेव गौतम लालबाबु पण्डित सहितका नेता प्रचण्ड – नेपाल समूहतिर ,

फागुन २२ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको आजको संसदीय दलको बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा अनुपस्थित रहेका छन। नेपाल कम्युनिष्ट पार्टी ओली समूहको संसदीय दलको आजको बैठकमा उपस्तिथित भएनन, उक्त नेताहरुले प्रचण्ड नेपाल समूहलाई साथ् दिने संकेत देखिएको छ।

संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुको पक्षमा १ सय १५ जना सांसदहरु भएको दाबि गरेको थियो ,ओली समूहले आजको संसदीय दलको बैठकमा पत्रकारहरुलाई प्रवेशमा रोक लगाएको थियो।

संसद विघटन गरेका केपी ओलीकोविरुद्द प्रचण्ड नेपाल समूहले भोलि अविश्वासको प्रस्ताव पेश गर्न लागेको छ। तेस्तै प्रचण्ड–नेपाल समूहले पनि शुक्रबार संसदीय दलको बैठक गरेको थियो। उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ।