Gold
Bangad salyan

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्दको खोप आज लगाउने ,

फागुन २३ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनविरुद्दको खोप लगाउने भएका छन। ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ ।

यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

५५ वर्ष माथिका सबैलाई खोप नपुग्ने भएकोले यो चरणमा भने ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने योजना रहेको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।