Gold
Bangad salyan

केपि ओलीकै इच्छा अनुसार न्यायालयले फैसला गर्ने कुरालाई कदापि स्वभाविक मान्न सकिन्न,

फागुन २६ ,जाजरकोट – दलाल न‍ोकरशाही पुजीवाद सत्तामा कति धेरै प्रभाव जमायर बसेको छ भन्ने कुराको ज्वलन्त उदाहरण सर्बोच्च को फैसलालाई लिन सकिन्छ । आजको सन्दर्भमा दलाल पुजीवादको असली प्रतिनिधि केपि गुट र त्यसका नाईके केपि ओलीनै हुन भन्ने प्रस्ट छ ।

सबै हिसावले पुरै पतनको डिलमा उभियको केपि र केपि गुटलाई संबिधान र कानुनको धज्जी उडाउदै न्यायालयले केवल केपिकै इच्छा अनुसार न्यायालयले फैसला गर्ने कुरालाई कदापि स्वभाविक मान्न सकिन्न।

संसद पुनःस्थापनाको फैसला, निर्बाचन आयोगको ढिलासुस्ती एबं अलमल र ऋषि कट्टेलको पक्षमा भयको फैसला दलालहरुको सेटिङ र सृङखलामा छन।

किनकि ऋषि कट्टेलको मागदाबीमा सिमित हुनु पर्ने मुद्दा केपि लाई समेत कसरी जिताउन पुग्यो? कुरो प्रष्ट छ।अत हाम्रो मुलुकमा नेपाली जनताको मुख्य शत्रु दलाल पुजीवाद नै हो।

भ्रष्टाचार ,कमिशनखोर बेथिति ,अराजकता स्वैच्छाचारिता र निरङकुशताको श्रोत नै नोकरशाहि दलाल पुजीवादी हो ।अशिक्षा ,अभाव ,गरिबी बेरोजगारीता,परनिर्भरता अादि दलाल पुजिबादकै उपज कुन।मुलुकमा बिकास,समृध्दि अनि सुशासन नहुनुको कारण पनि यहि हो।

अत दलाल पुजीवादका बिरुध्द निर्णायक लडाई अाजको अाबश्यकता हो।बिडम्बना राजनीतिक कलेवरमा हुर्कीरहेको दलाल पुजिबादलाई पहिचान गरि परास्त गर्नुको सट्टा खाटी कम्युनिस्ट भनियका ब्यक्तित्वहरु र समूह समेत त्यसको संरक्षणमा लाग्नु निकै दुखदायि छ। अबको बाटो

अत अाउनुहोस सशक्त कम्युनिस्ट पार्टी निर्माण गरौ, दलालपुजीवादका बिरुध्द संघर्ष गरौं र मुलुकलाई अात्मनिर्भरताको दिशामा वा समाजबादी बाटो अघि बढाअौं।

गगन खड्का जाजरकोट ,