बादलसहितका नेता केपी ओलीबाट फिर्ता नभए कारबाही गर्ने माओवादीको निर्देशन ,
फागुन २९ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रले सरकारमा रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ । शनिबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर आफ्नो पार्टीमा नफर्कीएका मन्त्रीहरुलाई यस्तो निर्देशन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
माओवादीको तर्फबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन् । तत्कालीन नेकपामा विवाद हुँदा उनीहरु ओलीतिर लागेका थिए त्योबेला ओलीलाई सहयोग गर्दा मणि थापा, प्रभु साह र लामाले मन्त्री बन्ने मौका पाएका थिए । उनीहरुले राजीनामा नदिए कारबाही गर्ने तयारी गर्ने माओवादी केन्द्रको जानकारी गरेको छ ।

