मालपोतमा बम बिस्फोट थप एक जना पक्राउ ,
चैत ३ ,काठमान्डौ – सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको शंकामा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सोमबार ति ब्याक्तिलाई सुखीपुर नगरपालिका-२ विद्यानगरबाट नियन्त्रणमा लिएको सिरहा प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीले जनाएको छ।
सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ। उनीमाथि थप अनुसन्धान भईरहेको भण्डारीले बताए।
आइतबार भएको विस्फोटमा मालपोतका एक कर्मचारी, एक लेखापढी व्यवसायी र ६ सेवाग्राही गरी ८ जना घाइते भएका छन्। विस्फोटको जिम्मा जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिइसकेको छ।

