केपि ओलिको चियापान बहिस्कार गर्दै वामदेव गौतमको पनि छुट्टै बैठक ,
चैत ३ काठमान्डौ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम समूहको छुट्टै बैठक सुरु भएको छ ।
बल्खु स्थित एक पार्टी प्यालेसमा मध्यान्ह १२ बजेदेखि गौतम पक्षका नेता कार्यकर्ता सहभागी एकता
राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठक सुरु भएको हो ।
प्रधानमन्त्री केपि शर्मा ओलिले आजै आफ्नो निवास वालुटारमा केन्द्रिय सद्स्यलाई निमन्त्रणा गर्दै चियापान समारोह राखेका छन ।
चियापान समारोहलाई बहिस्कार गर्दै गौतम समूहको बैठक बसिरहेको हो । नेकपा एमाले र माओवादी पार्टी भित्र दरार आएको बेला पार्टी एकताको भूमिकामा लागेको बताउदै आईरहेका गौतमले आज छुट्टै बैठक बस्नुलाई अर्थपूर्ण रुपमा हेर्ने गरिएको छ ।
येस्तै माधव समूहले पनि केपि ओलिको चियापान समारोह बहिस्कार गर्दै आज सानेपामा पत्रकार सम्मेलन गरेको छ भने भोलि र पर्सि रास्टृय कार्यकर्ता भेला गर्ने सो समूहले जनाएको छ ।
यस्तै आजै ४ बजे रास्ट्रपति विद्यादेवि भन्डारीले शितलनिवासमा संसदमा प्र्तिनिधित्व गर्ने दलमा बोलाएपनि उक्त कार्यक्रमपनि बहिस्कार गर्ने दलले जनाएको हो ।
गत पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा भन्डारीले कुनैपनि दलसंग छलफल नगरी संसद भंग गरेकी थिइन । अहिले केपि ओलिको सरकार संकटमा छ ,सोहिबेला रास्ट्रपतिले सर्वदलीय बैठक बोलाउनुको कुनै अर्थ नरहेको राजनितिक दलहरुको भनाई छ ।

