जोशीको निधनका समचारप्रति परिवारको आपत्ति ,
चैत ४ ,काठमान्डौ – पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीकोको निधन भन्दै सामाजिक संजालमा आएक समाचारप्रति दुख ब्यक्त गरेको छ।
परिवारले जोशीको आधिकारिक फेसबुक पेजबाट एक स्टाटस पोष्ट गर्दै जोशीको स्वास्थ्यका विषयलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरु प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिन हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ,’ परिवारले भनेको छ ।
नेपाली कांग्रेसका नेता श्री नविन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण समाचारहरूमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौं । कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनु हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ,’ फेसबुक पोष्टमा भनिएको छ ।
अस्पताल श्रोतका अनुसार पहिले जोशीलाई सुधार भएपनि अहिले फेरी स्वास्थ्य समस्या आईरहेको छ ,हामीले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौ।


