Gold
Bangad salyan

नेपाल (वाईसीएल)को राष्ट्रिय भेला जेठमा थप १ लाख ६५ हजार सदस्यता थपिदै ,

चैत ८ ,काठमान्डौ – योङ कम्युनिस्ट लिग, नेपाल (वाईसीएल)को राष्ट्रिय भेला २०७८ साल जेठमा हुने भएको छ। चैत ४ र ५ गते काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले जेठ २८ गतेदेखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखाका अनुसार स्थानीय तह जिल्ला प्रदेश भेलाहरुबाट रास्ट्रिय भेलाहरुका लागि प्रतिनिधि छनोट गरिने छ भने थप १ लाख ६५ हजार सदस्यता थप गर्ने बैठकले निर्णय गरेको छ। सदस्यता वितरण चैत महिनाभित्र गरिसक्ने निर्णय भएको पनि अध्यक्षको भनाइ छ।

‘संगठनको राष्ट्रिय भेला २०७८ साल जेठ २८–३० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको साथै प्रतिगमन कदमका विरुद्द संघर्षमा पुरै समर्पण र जिम्मेवारीकासाथ् सडकमा होमिनेपनि सापकोटाले रंग दर्पणलाई बताए।