माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक केपी ओलीलाई दिएको समर्थ फिर्ता लिन सक्ने ,
चैत ९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थायी कमिटी बैठक तय गरेको छ। बैठक मगंलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको हो ।
भोलिको बैठकमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने र सत्ता साझेदारीको विषयमा छलफल हुने माओवादीका एक नेताले रंग दर्पणलाई बताए। तेस्तै नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको गठबन्धनका विषयमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए ।
सर्वोच्चले एमाले र माओवादी ब्युँटाईदिएपछि पार्टीले आ आफ्नो रणनीति बनाएर सभा सम्मेलन गरिरहेका छन। गत पुष ५ गते प्रधानमन्त्रीको संसद भंग सिफारिसमा रास्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि एमाले पनि तिन किनारमा चलेको देखिन्छ।
माओवादीले अहिले सम्म केपी ओली सरकारलाई दिएको समर्तः फिर्ता ल्याएको छैन ,समर्थन फिर्ता ल्याउने वा नल्याउने भन्ने भोलिको बैठकले तय गर्ने श्रोतले जनाएको छ। तेस्तै राप्रपाका अधय्क्ष कमल थापाले माओवादी केन्द्रका अधय्क्ष प्रचण्डलाई लाजमर्दो राजनीति गरेको बताएका छन् ,थापाले भनेका छन् दाहालले गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राख्नु लाजमर्दो राजनीति होईन र ?
दाहालले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र प्रधानमन्त्रीलाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ ।
थापाले लेखेका छन्, ‘२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओली लाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ। यस्तो गम्भीर आरोप लगाउने ,तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति ।
२पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री @kpsharmaoli लाई 'बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट' भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ।यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने! लाजमर्दो राजनीति
— Kamal Thapa (@KTnepal) March 22, 2021

