Gold
Bangad salyan

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको फोटो खिच्न नपाउने ,

चैत १२, काठमान्डौ – प्रधानमन्त्री केपि शर्मा ओलि सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए ।

प्रधानमन्त्री ओलिले पटक पटक मिडियामा अन्कुश लगाउने प्र्यास समेत गरेका थिए ।