प्रेमिकालाई जलाउन खोज्ने युवक पक्राउ ,
चैत १२ ,काठमान्डौ – काठमाडौंको काँडाघारीमा प्रेमिकालाई जलाउन खोज्दा युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २१ वर्षीय सुरज श्रेष्ठ छन् उनले प्रेमिकालाई मट्टितेल छर्केर जलाउने प्रयास गरेको पिडितको बयानमा छ। यो घटना चैत ८ गतेको भएको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए।
सुरजले प्रेमिकालाई दिदीको कोठामा भेटेका थिए ,तेहीबेला मट्टितेल हालेर जलाउने प्रयास गरेको पीडितको बयान छ’, घटनामा दुवै जना घाइते भएपछि कीर्तिपुर अस्पतालमा उपचार भईरहेकोपनि सिंहले बताए ।
पीडितले प्रहरीसमक्ष जाहेरी दिइसकेका भने छैनन् । दुवै उपचारका क्रममा भएकाले केही ढिलाइ भयो, भोलि दिने भन्नुभएको छ ।पीडित किशोरीले सुरुवातमा स्टोभबाट मट्टितेल पोखिएर दुर्घटना भएको दाबी गर्दै आएकी थिइन् ।
तर, परामर्शपछि प्रेमीले आगो लगाएको बताईएको छ । दुवैजना लागूऔषध दुर्व्यसनी भएको र पछिल्लो समय उनीहरुको पटक पटक झगडा भएको प्रहरीले बताएको छ ।

