कोरोनाको कहरमा बसन्तपुर होलीको रंगमा ,
चैत १५ ,काठमान्डौ -फागुपुर्निमा आज होलि पर्व देशभर हर्षउल्लासका साथ् मनाईएको छ। आज पहाडमा होलि मनाईएको छ भने भोलि मधेशमा होलि मनाईने भएको हो।

नेपालमा कोरोनाको दोश्रो लहर सुरु भएकोबेला सरकारले घरभित्र बसेर होलि मनाउन र भिड भाड नगर्न आग्रह गरेपनि काठमान्डौको वसन्तपुरमा होलीको रौनक देखिएको छ।

तेस्तै काठमान्डौका मुख्य चोक गल्लि सडकमा होलीको रौनक देखिने गरेको हो। सरकारले भीडभाड नगर्न आग्रह गरेपनि मानिसहरु बसन्तपुर क्षेत्र लगायतका ठाउँमा कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गरेर पुगेर रङ खेलेका छन् ।












#holi

