Gold
Bangad salyan

आज तराईमा धुम धामका साथ होलि पर्व मनाईदै ,

चैत १६ ,काठमान्डौ – रंग हरुको पर्व होलि आज तराई मधेशमा धुम धामका साथ् मनाईदै छ हिजो मात्र पहाडी मुलुकमा होलि मनाईएको थियो। होलि पर्वका दिन केन्द्र सरकारले आज तराईमा बिदा दिएको छ भने पहाडमा पनि हिजो विदा दिएको थियो।

होलि घरमै बसेर मनाउन सरकारले आग्रह गरेपनि तेसो भने हुनसकेन ,हिजो काठमाडौको वसन्तपुरमा ठुलो जमघटका साथ् होलि मनाईएको थियो भने आज तराईमा पनि हर्ष उल्लासाथका साथ होलि मनाईरहेका छन्।

कोरोना संक्रमणको बेला सरकारले घरमै बसेर होलि मनाउन आग्रह गरेको छ। होलीमा हुनसक्ने सम्वाभित घटनालाई हेरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ। तेस्तै हिजो बाग्लुङ्गमा होलि खेल्दा मदिरा सेवनगरेका दुईपक्षबिच झडप हुँदा १० जना अभिर्बाता खसेका थिए ति मध्ये २ जनाको मृत्यु भैसिअकेको छ।