Gold
Bangad salyan

यी हुन् दुर्घटनामा घाईते साथीलाई काली गण्डकीमा बगाउने ,

चैत १६ ,काठमान्डौ – स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालेका चालकलाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जा गल्याङ नगरपालिका-८ बंग्रान्तीका अमित परियार, सुनिल राना र गणेश गाहा एकै गाँउका साथीभाईहरु लु.अ.अ.फ. १०१२ नम्बरको ट्याक्टर चलाउने गर्दथे ।

गत चैत ५ गते बालुवा लिएर फर्किँदा सहचालक गणेश गाहा खसेर घाइते भएपछि उनलाई काली गण्डकीमा फालेर चालक अमित परियार र सहचालक सुनील राना भागेका थिए। प्रहरीले पाल्पा क्षेत्रको कालिगण्डकीबाट ११ गते बिहान गणेशको शव फेला परेको थियो ।

अमितलाई रूपन्देहीको वेलहियाको बोर्डरबाट भारत भाग्न लागेको अवस्थामा गत शुक्रबार १३ गते पक्राउ गरिएको स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । सुनिल रानालाई प्रहरीले गत ८ गते नै पक्राउ गरेको थियो। पक्राउ परेका दुवैलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के हो घटना ,

तिनै जना एकै गाँउका साथीहरुले ट्याक्टरमा कालिगण्डकीबाट वालुवागिट्टी ओसारपसार गर्ने गर्दथे। चैत ५ गते पनि उनीहरूले कालिगण्डकीबाट वालुवागिट्टी ओसारिरहेका बेला बाटोमा धेरै खाल्डाखुल्डी थिए।

ट्याक्टर उफ्रेपछी गणेश भुईमा अखासेका थिए ,भुईमा खस्दा उनलाई ट्याक्टरले किच्यो र गम्भीर घाईते भए। गम्भीर घाईते भएका उनलाई साथीहरुले अस्पतालमा नलागेर कालिगंदकिमा लगेरा फाल्ने सल्हा गरे।

उनीहरु दुवैले घाईते गणेशलाई उठाएर ट्याक्टरको ट्रलीमा हालेर कालिगण्डकीको साखर घाटमा लिएर गए, तेस्पछि अमितले बोकेर गणेशलाई कालिगण्डकीको बिचमा लगेरा फालीदिएको दुवैले प्रहरीसामु बयान दिएका छन्।

गणेशलाई नदीमा फालेपछि दुवैले ट्याक्टर समेत छोडेर भागेक थिए भने ट्याक्टर साहुसँगपनि सम्पर्क विहिन भए। साहुले अमितलाई सम्पर्क गर्दा उनले ट्याक्टर बिग्रेको र आफु आफ्नो सासुसमू गएको बताए। अमित रूपन्देही पुगेका थिए, भने सुनिल पाल्पा पुगेको प्रहरीको भनाई छ।

पाल्पामा सुनिले आफ्नी दिदीलाई घटनाको बारे सबै बताईदिए ,दिदीले यो कुरा सुनेपछि १०० मा प्रहरिलाई सम्पर्क गरिन र पाल्पा प्रहरीको सहयोगमा असुनीलाई पक्राउ गरिएको थियो।

सुनिललाई हिरासतमा अलिएपछि घटनाको सबै जानकारी पछि प्रहरीले अमितलाई श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको टोलीले रुपन्देही वेलहिया नाकाबाट चैत १३ गते पक्राउ गर्न सफल भएको हो।