Gold
Bangad salyan

सांसद बिष्ट जनताको बिचमा कोदालो खन्दै सडक शिलान्यास र उद्घाटनमा ब्यस्त ,

चैत १९ ,सुर्खेत – कर्णाली प्रदेशका सांसद ठम्मर बिष्टले गुर्भाकोट नगरपालिका वडान १३ आनन्द मावि गुमि देखी लामपोखरी सामुदायिक वन सम्मको सडकको शिलान्यास गरेका छन्।

बिष्टले आज एक कार्यक्रमका बीच कोदालेलो सडक खनेर शिलान्यास गरेका हुन् भने आजै वडान ११ को नारिङे मसेरी रम्चौना सिचाई कुलोको पनि उद्घाघाटन गरेका हुन् ।

बिष्टले आर्थिक वर्ष २०७७/७८ को बजेटमा गुमि देखि लामपोखरी सामुदायिक बन सम्मको सडकको लागि रु ३० लाख रकम विनियोजन गरेका थिए। ,लामपोखरी सडक निर्माणले उक्त क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतमा सहज हुने भएपछि उक्त क्षेत्रका स्थानीय बासिन्दा हर्षित छन् ।

सडक शिलान्यास पछि जनतासंग भलाकुसारी गर्दै सांसद ठम्मर बिष्ट

तेस्तै नारिङेमशेरि रम्चौना सिचाइ कुलो निर्माणको लागि १० लाख रुपैया रकम बिनियोजन गरिएको छ । उक्त सिचाइ कुलोको लागि सांसद बिष्टले बिगतका बर्षहरुमा पनि बजेट बिनियोजन गरेको र आगामी वर्षको बजेट विनियोजनले यस क्षेत्रका जनताहरुलाई थप कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सकिने उपभोक्ताहरुको बुझाई छ।

दुवै योजनाबाट त्यस क्षेत्रका जनताहरुले प्रतक्ष लाभ लिने भएको हुँदा योजनाहरुलाई गुणस्तरीय तथा दिर्घकालिन ढंगले संचालन गर्न बिष्टले जोड दिएका छन् । आवस्यकताअनुसार विकासका आयोजनामा थप बजेट विनियोजन गर्ने समेत उनले प्रतिबद्दता जनाएका हुन् ।

नारिङेमशेरि रम्चौना सिचाइ कुलोको अनुगमनमा सांसद बिष्ट

आजभोलि सांसद बिष्ट आफ्नो निर्वाचन क्षेत्रमा दिनरात जनताको बिचमा योजना शिलान्यास र उद्घाटन घुलमिलमा निरन्तर ब्यस्त देखिने गरेका छन । उनको कार्यलाई देखेर पछिल्लो समय गुर्भाकोटमा नेपाली कांग्रेस त्यागेर माओवादीमा पार्टी प्रवेश गर्नेहरुको पनि लहर देखिन्छ।