Gold
Bangad salyan

माधव नेपाल पक्षको आज स्थायी कमिटी बैठक बस्दै,

चैत २० ,काठमान्डौ – नेकपा एमाले नेता माधव नेपाल पक्ष सदस्यहरुको आज स्थायी कमिटी बैठक बस्दै। बैठक अहिले बिहान ११ बजेबाट बस्दै छ। एमालेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले सोधेको चित्ताबुज्दो जवाफ नदिएको भन्दै माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छन ।

एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए। एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले पहिल्यैकै अवस्थामा फ़र्कैइदिएको छ।

यो पछि अहिले एमाले र माओवादी फरक फरक धार बनेर चलिरहेका छन् तेस्तै अहिले माओवादी केन्द्रका धय्क्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह पक्षका नेताहरु र ओली समूहबीच असम्झ्धारी बढ्दै गएको छ ,भने एमाले पनि तिन धारमा चलेको छ। अबको भावी राजनीतिको लागि माधव नेपालले विभिनन जिल्लामा समान्तर समूह गठन गर्ने भन्दै सक्रिय देखिएको छ।