Gold
Bangad salyan

कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजिनामा सरकारको नेतृत्व लिन तयार ,

चैत २० ,काठमान्डौ – प्रतिपक्षदल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजिनामा माग गर्ने र आगामी सरकारको नेतृत्व गर्ने बताएको छ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्रीको राजिनामा माग्ने र आगामी सरकारको नेतृत्व गर्ने पार्टीका शिर्ष नेताहरुमा सहमति भएको एक नेताले बताए।

आजको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच छलफल भएको थियो । प्रतिनिधिसभा पुन:स्थापना भइसकेपछि लामो समय कांग्रेस मौन बसेको थियो अब भने सरकारमा दाबी गर्ने निर्णय लिएको हो ।

माओवादी केन्द्रका अधय्क्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसक सभापति शेरबहादुर देउवालाई भेटेर सरकार गठनमा टुंगो लगाउनुपर्ने बताउदै आएका थिए।

दाहालले कांग्रेस र जसपाले प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा आएका दलहरुबीच सरकार बनाउने एकमत हुनासाथ आफ्नो पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएका छन् ।

तर माओवादीले अझै समर्थन फिर्ता लिएको छैन। गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि साविकको नेकपा विभाजित भएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेपनि एमालेमा तिन धार बनेको छ।