Gold
Bangad salyan

पहिले समर्थन फिर्ता लैजाउ राजिनामा दिईहाल्छु प्रधानमन्त्री ओली ,

चैत २१,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई दिएको समर्थन फिर्ता लिए राजिनामा दिने बताएका छन्। शनिबार ओलीले वालुवाटारमा एक कार्यक्रममा राजिनामा मागेर नदिने तर समर्थन फिर्ता लिए राजिनामा दिने बताए।

आज मागेको हो र राजिनामा मागेको मागेई छ ,जसले पनि माग्दैमा राजिनामा दिने हुन्छ र एकदिन राजिनामा हुन्छ त्यो पनि यौटा हुन्छ।

ओलीले अगाडी भने ए बाबा समर्थन फिर्ता लैजाउन अनि राजिनामा आइहाल्छ नि ,प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता नलीएकै कारण राजिनामा नदिएको बताए।

केपी ओलीले गत पुष ५ गते असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक दलहरूले सडकदेखि सदनसम्म प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका छन् ।