कर्णाली प्रदेशका मुख्यमन्त्री शाही संकटमा माधव पक्षले साथ दिएन।
चैत २२ ,काठमान्डौ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुरशाहीको सरकार संकटमा परेको छ। एमालेपक्ष माधव कुमार नेपाल समूहलेपनि शाहीलाई साथ् नदिने भनेपछि शाही नेतृत्वको सरकार धरापमा देखिको छ।
शाहीलाई एमाले अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि नै समर्थन फिर्ता लिइसकेको थियो। तेस्तै आज बसेको संसदीय दलको बैठकमा सरकारमा रहेका एमालेका तीन मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएका हुन्।
कर्णाली प्रदेश सरकारमा एमाले माधव नेपाल समूहका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी छन्।
शाहीको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन्। अधपी दल रावलभने केपी ओलीतिर साठ गाठ गरिरहेका देखिन्छन। माधवपक्षका मन्त्रिले राजिनामा दिएपछि मुख्यमन्त्री शाही अल्पमतमा पर्ने छन्।
यसअघि चैत ४ गते बसेको बैठकबाट नै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको घोषणा गरिएपनि मुख्यमन्त्री शाहीलाई माधव नेपाल समूहले साथ दिएको थियो।
उक्त निर्णयमा माधवकुमार नेपाल समूहका सांसद उपस्थित थिएनन्। केही सांसदले समर्थन कायमै रहेको बताउँदै आएको थिए। आइतबारको बैठकमा भने दुबै पक्षका १९ जना सांसद सहभागी थिए।
आज बसेको बैठकले नेकपा एमालेको प्रदेश संसदीय दलको विधान बनाउने निर्णय पनि गरेको छ। यसका लागि प्रमुख सचेतक गुलावजंग शाहको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको सांसद सुशील थापाले जानकारी दिए।
एमाले संसदीय दलको अर्को बैठक चैत २४ गतेका लागि बोलाइएको छ। सर्वोच्च अदालतले नेकपा विवादको फैसला गर्दै माओवादी केन्द्र र एमालेलाई अलगअलग दल बनाएपछि कर्णाली प्रदेश सरकार संकटमा परेको हो।
संस्थागत निर्णय लिन नसक्दा माधव पक्षका सांसदहरुले राजिनामा अडिने तयारि गरेको एक सांसदले रंग दर्पणलाई बताए।२०७४ मा नेकपा एमाले र माओवादी केन्द्रको एकताको पूर्वतयारीका बेला कर्णालीमा रहेका २० जना एमाले सांसदमध्ये १९ जनाको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गरिएको थियो।
माओवादी केन्द्रका अब कर्णाली प्रदेश सरकारमा १२ जना सांसद छन् ,१३ जना मध्ये सांसद धर्मराज गिरिलाई माओवादी केन्द्रलाई कारबाही गरिसकेको छ।
अबको सरकार समीकरणमा प्रतिपक्षदल नेपालि कांग्रेस र राप्रपालाई कसले साथमा लिनसक्ने र सरकार बनाउने भन्ने देखिन्छ। कर्णालीमा कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्। कांग्रेसले एमाले पक्षलाई भने साथ् नदिने बताईसकेको छ। माओवादी केन्द्रले सरकार बनाउन कांग्रेस राप्रपालाई साथ्मा लगेपनि अझै दुई जना सांसद आवस्यक पर्दछ।

