Gold
Bangad salyan

बर्दियामा फेरी बाघको आक्रमणबाट एक जनाको मृत्यु ,

चैत २३ ,बर्दिया – बर्दियामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ। निकुञ्जमा भइरहेको गैडा गणना कार्यमा संलग्न रहेका ठाकुरबाबा नगरपालिका-९ का ३१ वर्षीय पुलिसराम थारुको बाघ आक्रमणबाट मृत्यु भएको हो।

गैंडा गणना गरेर खाजा समयमा हात्ती चराउँदै घाँस काट्न गरेको बेला थारुलाई बाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

बाघले थारुलाई झम्टेर ५ सय मिटर सम्म पुर्याएको र टाउकोको भाग खाएको अवस्थामा उनको शव फेला परेको निकुञ्जले बताएको छ।

बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको सहकार्यमा नियन्त्रणमा लिइए- र बाघ जावलाखेलस्थित चिडियाखानामा लैजाने तैयारी भइरहेको अधिकृत श्रेष्ठले बताए।

बाघलाई मृतक थारुको शव खान आएकोबेला डार्ट (लठ्याउने प्रविधि) गरी नियन्त्रणमा लिन सफल भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले बताए। नेपाली सेना, एनटीएनसी र निकुञ्ज कर्मचारीको संयुक्त खोजतलासका क्रममा उक्त बाघलाई नियन्त्रणमा लिईएको हो।