Gold
Bangad salyan

ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी हवल्दार महतरा जसले दलितमाथि गाली गर्दै रातिमा ढोका फोरेर बाबु छोरामाथि बुट बर्साए ,

चैत २३ ,सुर्खेत -ईलाका प्रहरी कार्यालय छिन्चुका हवल्दार टोप बहादुर महताराले गुन्डागर्दी गर्दै रातिमा अर्काको घरमा पसेर बिरामी बालक र उनका बाबुमाथि जातिय गालि गलौज गर्दै निर्घात कुटपिट गरेका छन्।

महताराले भेरिगङा १० थानिचौर स्तिथित हिरा लाल बिक र उनका छोरा टंक विकलाई राति सुतेकोबेला ढोका फोरेर मर्नानुसम्मा कुटपिट गरेको खुलेको हो।

कुटपिटमा घाईते हुने टंकविक ६ महिना देखि जन्डिसको बिरामीले ग्रसित छन्। हिजो सांझ हिरालाल बिक र उनकी श्रीमती केसरी बिक बीच घरायसी भना- भन भएको थियो।

सोहि अवस्थामा हिरालालिकी श्रीमतिले ईलाका प्रहरी कार्यालयमा फोन गरेपछि हवल्दार टोप बहादुर महतरा र अर्का प्रहरी जवान महेश विक उनको घरमा पुगेको थिए।

घरयासि सामान्य विवादमा सम्झाउनुको सट्टा महतराले हिरालाल र टंकलाई जातिय गालि गर्दै बुट बर्साएका थिए ,अर्का प्रहरी जवान महेश विक्ले नहान्न आग्रह गर्दासमेत हमतराले लात्ती मुक्का र लाठ्ठी बर्साएका थिए।

कुटपिटआट बाबु र छोराको शरीर भरि गम्भीर चोट छ ,उनीहरुको टाउको आँखा र हात कम्मर भरि गहिरो चोट छ।

हिरालाल आर्थिक हिसाबले निम्न वर्गका भएकै कारण उनीहरुले आज उपचार समेत गर्न सकेका छैनन्।

,स्थानीयले केहि जोहो गरेर भोलि सुर्खेतको देउती नर्सिङ्ग अस्पतालमा लैजाने बताएका छन्।

महतराले अर्काको घरमा राति राति पुगेर जातिय गालि गलौज गरेर निर्घात कुटपिट गरेपछि स्थानीयले तत्काल उनलाई कारबाही हुनुपर्ने माग राखेका छन्।