नेपालमा शक्तिशाली भूकम्पको धक्का महसुस ,
चैत २३,काठमान्डौ – नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको हो ।
सोमबार साँझ सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार भूकम्पको झट्का नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो ।
पुर्वका विभिन्न जिल्ला जनकपु विराटनगर धरान ईटहरीमा पनि भूकम्पको धक्का गएको छ ।
भारतीय सञ्चार माध्यमहरुले भने बिहार, पश्चिम बंगाल तथा आसामसहित देशका कयौ राज्यमा भूकम्पको धक्का महसुस भएको जनाएका छन् ।
यस्तै बिहारको पटना, किशनगञ्ज, अररियामा पनि भूकम्पको धक्का महसूस गरिएको छ भने दार्जिलिङ समेत गरेर उत्तर बंगलाका कयौ जिल्लामा भूकम्पको झट्का महसूस गरिएकाे छ।
धेरैपछि नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।२०७२ सालको महामारी भुकम्पपछि नेपालमा कम्पन गैइरहने गर्दछन आजको कम्पन्न भने नेपालमा नगएको भुकम्प मापनले जनाएको हो

