Gold
Bangad salyan

भारतबाट विदेश जान नपाएपछि भारतीय नागरिक नेपालबाट यसरि जान्छन विदेश ,

,चैत २५ ,काठमान्डौ – भारतीय नागरिकहरु आफ्नो देशबाट विदेशका मुलुकमा जान नपाएपछि नेपालबाट विदेश जाने गरेको खुलेको छ। कोरोना महामारीका कारण भारतले आफ्ना नागरिकलाई विदेशका मुलुक लगायत खाडी मुलुकमा जान रोक लगाएको छ।

भारतबाट खाडी मुलुक लगायतमा जान नपाएपछि नेपालमा रहेको भारतीय दुतावासबाट श्रम गरेर उनीहरु विदेश जाने गरेको बुझीएको हो। दैनिक जस्तो हजारौको संख्यामा लैनचौर स्तिथित भारतीय दुतावासमा श्रम गर्ने र पासपोर्ट बनाउने भारतीय नागरिकको भिड देखिन्छ।

भारतबाट नेपाल आएका उनीहरुले सामाजिकदुरी कायम राखेको देखिदैन। भारतमा अहिले दैनिक जस्तो हजारौको संख्यामा हजारबढीको संख्यामा कोरोना भाइरसका बिरामीहरु देखिने गरेका छन्। नेपाल सरकारले नेपालि नाकामा कडाई गर्ने बताएपनि तेसो भने गरेको देखिदैन जसले नेपालमा सजिलाई कोरोना संक्रमण बढ्न सक्ने अनुमान गर्न सकिन्छ।