Gold
Bangad salyan

चार नेताको सांसद र मन्त्रीपद गुम्यो ,

चैत २६ ,काठमान्डौ – नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दुबै पदबाट पदमुक्त भएका हुन् ।

बिहीबार सभामुख अग्नि सापकोटाले चार मन्त्रीले दल त्याग गरेको प्रतिनिधिसभालाई जानकारी दिए लगत्तै २०७४ सालको निर्वाचनमा अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको दुवै पद खोसिएको हो ।

सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपाको एकता खारेज गरेको थियो तैपनि उनीहरु माओवादी केन्द्रमा फर्किएनन् । २८ फागुनमा एमाले अध्यक्ष ओलीले २३ मा नीहरुलाई एमाले केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

माओवादी केन्द्रले चारै जनालाई स्पष्टीकरण सोधेको थियो ,जसमा प्रभु शाहले मात्र ह्जवाफ दिएका थिए उनको जवाफपनि चित्त बुझ्दो नआएपछि संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ को उपदफा १ बमोजिम गरिदिन संसद सचिवालयलाई पत्र पठाएका थिए ।

सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३५ को उपदफा १ र प्रतिनिधिसभा नियमावलीको नियम २१२ को उपनियम १ बमोजिम चार जना सांसद पदमुक्त भएको घोषणा गरेका हुन्।

तस्तै चारै जनाको मन्त्रिपद पनि गएको छप्रतिनिधिसभा सदस्य पदबाट पदमुक्त भएसँगै उनीहरुको मन्त्रीपद पनि गएको हो। भट्ट ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए भने साविकको नेकपा विभाजित हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका रायमाझी, साह र चौधरी १० पुस २०७७ मा मन्त्री बनेका हुन् ।

टोप बहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिञ्चाइ, साह शहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए । उनीहरु संविधानको धारा ७६ (९) अनुसार मन्त्री नियुक्त भएका थिए । धारा ७६ (९) मा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गर्नेछ ।’सांसद नरहेपछि उनीहरु मन्त्री पदबाट पनि पदमुक्त भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।