Gold
Bangad salyan

देउवाले माओवादी र जसपालाई भने कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाऔ ,

चैत २७ ,काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सामु आफ्नो नेतत्वमा नँया सरकार बनाउने प्रस्ताव राखेको छ ।

आज शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँगको छलफलमा काँग्रेसले वैकल्पिक सरकार गठनको विकल्प नभएको भन्दै तीन दल मिलेर अघि बढ्न आग्रह गरेको हो ।

छलफलमा माओवादी केन्द्र सकारात्मक भएपनि जसपाले भने समय मागेकाले कुनै सहमति नभएको नेताहरुले बताए। प्रतिनिधिसभा पुनास्र्थापान भएको झन्डै दुई महिना समय सम्म कांग्रेस चुप बसेको थियो।

तर आजको बैठकमा भने देउवाले तिन दलसंग बसेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका छन्। तेस्तै शुक्रबार मात्रै पार्टी निकट निजामति कर्मचारी युनियन संघको कार्यक्रममा देउवाले ओली सरकारको विकल्प खोज्नुपर्ने भन्दै कडा अभिव्यक्ति दिएका थिएका थिए ।

तेस्तै देउवाले अगाडी भने २०७४ को निर्वाचनपछि मैले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गरेको थिय उँहाले मान्नु भएन अहिले ओलीले लात हानेका छन् बल्ल खाए। बैठकमा कांग्रेसका सबै पदाधिकारी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ थिए ।

जसपाबाट संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।