गृहमन्त्री थापा बादलको पनि सांसद पद गयो ,
चैत २७ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ।माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयलाई आज पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो।
बादल नेकपा एमाले सदस्य भईसकेका छन ,हामीले यो भन्दा अगाडीपनि चार सांसदलाई प्रतिनिधिसभा सदस्य नरहेको जानकारी गराइसेकेका छौं ,राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दीनानाथ शर्माले भने,’बादलजी अब माओवादी केन्द्रको सांसद रहनुभएन।
यसअघि माओवादी केन्द्रले दल त्याग गरेर एमालेमा प्रवेश गरेका कैलाली-४ का लेखराज भट्ट, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद खारेज गरेको थियो ।

