कोरोना सोरोना छोड लिङ्गो तान लिङ्गो ,
काठमान्डौ -आजदेखि भक्तपुरबासीहरु बिस्का जात्रामा रमाएका छन्। आठ दिन नौ रातसम्म चल्ने यो बिस्का जात्रा आजदेखि शुरु भएको हो। जात्राको पहिलो दिन भैरवनाथको रथ तान्ने गरिन्छ ,जात्राको पहिलोदिनमाने स्थानीयबासीको उल्लेख्य उपस्थित थियो ।
उनीहरुलाई कोरोनाको कुनै प्रभाव छैन सबैको अनुहारमा खुसी देखिने गरेको पाईन्छ। गत वर्ष कोरोनाको प्रभावले यो जात्र स्थगित भएको थियो यो वर्षपनि कोरोना संक्रमण कायम रहेको हुँदा सरकारले बिस्का जात्रालाई रोक्न आग्रह गरेको थियो।
प्रशासनले नेवाः संस्कृतिमाथि हस्तक्षेप गरेको भन्दै स्थानीयले विरोध गरेपछि भक्तपुर नगरपालिकाले जात्रा गर्न पहल गरेको थियो भने सर्वोच्च अदालतले पनि २५ चैतमा बिस्काः जात्रा नरोक्न आन्तरिम आदेश दिएको थियो ।
जात्राको पहिलो दिन लामा तथा मोटा आठवटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पुर्याइन्छ।भैरवनाथ देवता रथमा सवारी भएजस्तै भक्तपुरका अन्य भैरव, अष्टमातृका, गणेशलगायतका सम्पूर्ण देवदेवी द्योछें तल सवारी हुन्छन्।
भैरव, अष्टमातृका, गणेशलगायतका देवदेवी द्योछें तल सवारी भएसँगै स्थानीय दाफाभजन खलःले रातभर भजनकीर्तन गर्ने प्रचलन छ।

