Gold
Bangad salyan

लहानमा सुनचाँदी व्यवसायीको गोलि हानि हत्या,

चैत २९ सिराहा – लहानमा एक सुनचाँदी व्यवसायीको हत्या भएको छ। पसल लुट्न आएका लुटेरा समुहले धारिलो हतियार र गोलि हानि सुनचाँदी व्यवसायी प्रदीप मिझारको हत्या गरिएको छ ।

ईलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपनकुमार दाहालका अनुसार शनिबार राति करिब १ बजे ४५ वर्षीय मिझारको हत्या गरिएको हो लुटेराले सुनचाँदी र नगद पनि लुटपाट गरेर लागेका छन्।

हत्या गरिएका मिझारकी श्रीमती अमिता विश्वकर्मा पनि कुटपिटबाट घाइते भएकी छिन्। लहान नगरपालिका वडानम्बर २३ स्थित वडा अध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा डेरा लिई मिझार दम्पती सुनचाँदी व्यवसाय गर्दै आएका थिए ।

हिजोराति ६/७ जना लुटेरा समूहले फलामको हम्मर छिनोले ढोका फोरेर लुटपाट गरेको थियो ,प्रतिकार गर्न खोज्दा मिझारलाई खुकुरी प्रयोग गरिएको थियो ,हात टाउको खुट्टा लगायतमा गम्भीर चोट छभने छातीमा गोलि हानिएको थियो।

लुटपाट र हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सिरहा लहान नगरपालिका ७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरी र लहान नगरपालिका २३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई पराउ गरि घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।