Gold
Bangad salyan

सत्ता टिकाउन केपी ओलीले माओवादीक सांसद किन्ने गरेको खुलासा ,

चैत ३१ ,काठमान्डौ – संसद विघटन गरेर सिंगो बाम गठबन्धन संगै नेकपा एमाले तहसनहस पारेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व माओवादीका सांसदहरु किन्ने गरेको खुलेको छ।

ओलीले आफ्नो सत्ता टिकाउन माओवादीका नेतासंग मात्र नभई अनिय विपक्षि पार्टीका नेताहरुसंग पनि सौदाबाजी गरेका छन्। एमाले र माओवादी विभाजित भएपछि संसदीय सरकारमा मन्त्रीसमेत बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दाबा लामा एमालेमा प्रवेश गरिसकेका छन् ।

माओवादीले कारबाही गरेपछि सांसदपद गएका यी चार जनालाई ओलीले पुनर्नियुक्ति गर्दै मन्त्रि बनाएका छन् ,अबको अर्को सरकार गठन नभएसम्म यी चारजना मन्त्रि रहने छन्। पूर्व एमालेले साथ नदिएपछि ओलीले सांसद किन्दै मन्त्रि बनाउदै गरेका छन्।

तेस्तै ओलीले यो आवसर दिएसंगै केन्द्रसंगै प्रदेशमा पनि यो लहर चलेको देखिन्छ ,पाँचथरका पुराना माओवादी नेता एवं पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू एमालेमा प्रवेश गरेका छन् । ताप्लेजुङका माओवादी नेता एवं प्रदेश सांसद टंकबहादुर आङबुहाङ एमालेमा प्रवेश गरेर प्रदेश १ को अर्थमन्त्री बनेका छन् ।

त्यस्तै प्रदेश २ बाट पनि माओवादीका चारजना प्रदेशसभा सदस्यहरु एमालेमा प्रवेश गरेका छन् । माओवादीले चारैजनालाई सांसदबाट कारवाही गरेको छ । प्रदेश २ मा माओवादीका ११ सांसद रहेकोमा अब ७ जना बाँकी छन् ।लुम्बिनी प्रदेशमा पनि माओवादीका दुईजना सांसदहरु एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई पनि पार्टीले निष्कासनको कारवाही गरिसकेको छ । माओवादी सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थी एमालेमा प्रवेश गरेसँगै उनीहरुको सांसद पद गुमेको छ । जनयुद्द लडेका माओवादीका नेताहरु सत्ता र पदको लोभमा एमालेमा प्रवेश गरेको देखिन्छ भने एमालेभित्र केपी शर्मा ओली माओवादीका सांसद घतौआन तिर लागेका छन्।

यस्तै वालुवाटारका श्रोतका अनुसार माओवादीका ३० बढी नेताहरी एमालेतिर आउने बुझीएको छ। श्रोतले रंग दर्पणसंग भन्यो चुनावका बेला सम्म यो प्रक्रिया धेरै बढ्ने छ ,ओलीले आफूतिर आउने नेताहरुको सुची बंईसकेका छन् ,समय आएपछि उनीहरुलाई प्रवेश गराउने बुझीएको हो।

प्रवेश गर्ने नेताहरुलाई भने एमालेको भविष्य छैन भनेन प्रस्ट थाहा हुँदापनि उनीहरु किन एमालेतिर लागे भनेनमा भने पैसा र पदको प्रलोभन भन्दा अरु केहि नभएको बुझीएको देखिन्छ। आफ्नै एमाले फूटाएका ओलीले विपक्षिलाई साथ् देलान भनेन अकल्पनीय कुरा हो जो सजिलै कसैलेपनि बुझ्न सकिन्छ।