Gold
Bangad salyan

आफ्नै गाँउमा पार्टी कार्यालय बनाउदै विप्लव ,

,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले कपिलवस्तुको शिवगढीमा पार्टीको केन्द्रीय सम्पर्क कार्यालय बनाउन थालेको छ।

पार्टीका महासचिव चन्दकै गृहजिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी केन्द्रको कार्यालय बनाउने भन्दै भवनको शिलान्यास गरेका हुन् । शिवगढीलाई ‘मिनी रोल्पा’ पनि भनेर चिन्ने गरिन्छ ।

अहिले सम्पर्क कार्यालय र पछि गएर केन्द्रिय कार्यालय बनाउने पार्टीले निर्णय गरेको छ। अधिकांस पार्टीका केन्द्रिय कार्यालय काठमान्डौ राजधानीमा भएपनि विप्लवले भने आफ्नै गाँउमा पार्टी कार्यालय बनाउन लागेका हुन्।

पार्टी केन्द्रीय सदस्य सञ्जीव कुमारले पार्टी कार्यालय ४ तलाको हुने जानकारी दिए । असारसम्म एक तला निर्माण गरिसक्ने गरी निर्माण कार्य थालिने उनले बताए । अर्को दुई तलामा करिब तीन सयभन्दा बढी अटाउने सभाहल बनाउने पार्टीको योजना रहेको छ ।

यसका लागि असारपछि अरु काम गर्ने उनको भनाइ छ । पानी पर्ने सिजन भएकोले असारसम्म काम फटाफट गर्ने तयारी गरेको उनले बताए ।भवनका लागि एक करोडभन्दा बढी लागत अनुमान गरिएको छ ।

भवनका लागि ४ कट्ठा जमिन स्थानीयसँग खरिद गरिएको उनको भनाइ छ । भवनसँगै पार्टीले सहिद स्मृति पार्कसमेत निर्माण गर्नेछ ।यसअघि रोल्पाको थवाङमा पनि पार्टीको कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याएको पार्टीले जनाएको छ।