Gold
Bangad salyan

वालुवाटारमा ओली समूहको केन्द्रिय कमिटी बैठक बस्दै,

बैशाख ६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रिय कमिटि बैठक आज बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एंव प्रधानमन्त्री ओलीले केही दिनअघि आजका लागि बैठक बोलाएका थिए।

ओलीले बोलाएको केन्द्रिय कमिटि बैठकमा नेता माधवकुमार नेपाल समूहका सदस्यहरू सहभागी नहुने जनाएका छन्। ओलीले विधानविपरीत काम गरिरहेकाले उनले बोलाएको बैठकमा नजाने नेपाल समूहका केन्द्रीय सदस्य निरज आचार्यले बताए।

महाधिवेशन आयोजक कमिटीको बैठक रहेछ, हामीलाई त्यो कमिटी बनाएको नै थाहा छैन। विधानविपरीत भइरहेका काममा हामी जाँदैनौं आचार्यले भने। गत पुष ५ गते ओलीले प्रतिगमन गर्दै संसद विघटन गरेपछि एमाले तिन चिरा बनेको छ। तेस्तै आज माओवादी केन्द्रको पनि स्थायी कमिटि बैठक बस्दै छ।