Gold
Bangad salyan

गल्ति महसुस गरेर पार्टीमा आउनुहोस काम गर्न दिन्छौ प्रधानमन्त्री ओली ,

बैशाख ९ ,काठमान्डौ – नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत गतिविधिलाई मान्यता नदिने बताएका छन्।

नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालयको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समूहगत रुपमा कुनै पनि सम्झौता नहुने तर गल्ति महसुस गरि आए कामगर्न दिईने बताए ।

अनुशासनहीनता, अराजकता, पार्टी विरोधि गतिविधि,गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन सकिँदैन ओलीले भनेका हुन । तेस्तै ओलीले आफुलाई प्रचण्ड – नेपाल मिलेर पटक पटक निकालेको भन्दैपनि आपत्ति जनाए।

कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टीकै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुलाई उनले अराजकता भनेका छन्। अब पार्टीमा गुट चल्दैन। दुवैतर्फ बराबर मानिस भएर डोरी तान्न सकिँदैन। बरू डोरी चुँडिएला कोही कतै जाँदैन।

तेस्तै पाँच महिनापछि हिजोमात्र प्रधानमन्त्री ओली र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो। उनीहरु दुवै प्रफुल्ल मुद्रामा निक्लीएका थिए।