Gold
Bangad salyan

रौतहटमा चट्याङ लागेर एक जनाको ज्यान गयो ,

बैशाख ९, रौतहट – रौतहटमा चट्याङ लागेर एक जनाको निधन भएको छ ।आज विहानै परेको चट्याङले रौतहट जिल्लाको गुजारा नपा-७ पल्टुवा निवासी ४० वर्षीय लक्ष्मण महराको निधन भएको हो ।

केहि समय यता जिल्लाका विभिन्न स्थानमा हावा हुरी र चट्याङ्ग पर्ने गरेको छ। दिनभरमा मौसम सफा देखिएपनि साँझ तिर मौसम बिग्रदो गरेको पाईन्छ।