Gold
Bangad salyan

कर्णाली प्रदेशका विकासवादी नेता ठम्मर बिष्टका योजना धमा -धाम यसरि हुँदैछन् सम्पनन ,

बैशाख ११ ,सुर्खेत – कर्णाली प्रदेश सभा सदस्य सांसद ठम्मर बिष्ट पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रमा जनताहरुकोलागि व्यापक विकासका कामहरु निर्माण सम्पनन र शिलान्यास कार्यमा लागिपरेका छन्।

सांसद बिष्टको प्रमुख आतिथ्यमा आजै मात्र गुर्भाकोट नगरपालिका वडा नम्बर १० मा पर्ने भेडाबारी हनिमान सडक र सोही नगरपालिकाको वडा नम्बर ११ मा पर्ने आँपसोती जनाइघाट खानेपानी योजनाको सिलाल्न्यास कार्यक्रम सम्पन्न भएको छ ।

उक्त योजनाको लागि माननीय ठम्मर बहादुर बिष्टज्युले पुर्बाधार विशेष कार्यक्रम अन्त्रगत भेडाबारि हनिमानको लागि रु ३५०००००(अक्षरुपी पैतिस लाख मात्र) र आपसोती जनाइघाट खानेपानी योजनाको लागि रु २४०००००(अक्षरुपी चौबिस लाख मात्र ) बिनियोजन गरेका थिए ।

साथै सोहि सिलान्यास कार्यक्रममा बोल्दै माननीय ठम्मर बहादुर बिष्टले आप्नो निर्वाचन क्षेत्रका जनताहरुलाई बिकास र उत्पादनमा जोडि जिबनस्तर उकास्न आफू सदै कटिबद्ध रहेको बताए।

आफ्नै पालामा निर्वाचन क्षेत्र र जनताहरुको लागि मैले विकास र निकासलाई तिब्र रुपमा सम्पन्न गर्ने छु ,सांसद बिष्टले रंग दर्पणसंग कुराकानी गर्दै भने लामो समयदेखि राजनीतिक चपेटामा परेका जनताहरु छन्।

अब हिजोको दिन जस्तो छैन ,जनतालाई विकास आवस्यकता हो। मेरै पालामा म आफ्नो क्षेत्रमा विकासका एजेण्डालाई तिब्र र मुर्त रुपले लागिपरेको छु।

कर्णाली प्रदेशका सांसदहरुमा निडर प्रखर स्पस्ट व्यक्ता भनेर चिनिने सांसद ठम्मर बिष्टलाई जनताले भिजन भएका विकासवादी नेता भनेर चिन्ने गर्दछन। हाल सम्म आफ्नो निर्वाचन क्षेत्रमा बिष्टले थुप्रै आयोजना सम्पन्न गरिसकेका छन् भने अन्य योजना विकासका क्रममा छन्।