Gold
Bangad salyan

माओवादीका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य,

काठमान्डौ – नेकपा माओवादी केन्द्रले पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिलाको सहभागिता अनिवार्य गर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले अन्तरिम विधानमा संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने यस्तो निर्णय गरेको हो।

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सबै कमिटीमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र २० प्रतिशत युवासहितको समावेशी कमिटी बनाउने निर्णयसमेत गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश, जिल्ला र पालिका कमिटीमा त्यहाँको जनसंख्याका आधारमा दुई प्रतिशतको प्रतिनिधित्व अनिवार्य गरिनेछ । माओवादीको केन्द्रीय कमिटीमा बढीमा २९९ सदस्यीय बन्ने छ।तेस्तै पार्टीले सरकारसंग कोरोना रोकथाम र नियन्त्रणका लागि राजनीतिक संयन्त्र बनाउनसमेत उसले माग गरेको छ ।