रोल्पामा आगलागीबाट २६ घर, १५ गोठ जलेर ध्वस्त ,
बैशाख १५ ,रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिका,२ मा आगलागी हुँदा २६ घर १५ गोठ संगै पशु चौपाए लत्ताकपडा र अन्नपात जलेर खरानी भएका छन्।चैत्रेखोलाको जंगलबाट लागेको आगोले आधा दर्जन गाउँका ४१ घरगोठ जलेर नष्ट भएका हुन् ।
स्थानिले आगो नियन्त्रण गर्न खोजेपनि हावा हुरीका कारण आगो गाँउमा पुगेको थियो ,आगोले पिराले, कापडाँडा, भल्लीचौर, धानबाङ, बर्तिबाङ, सानो चेत्रे गाउँका घरगोठ जलेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए।
आगलागीको सुचनापछि घटनास्थलतर्फ सशस्त्र प्रहरी, नेपाली सेना पुगेको छ भने स्थानीयको सहयोगमा आगो नियन्त्रण प्रयास जारी राखेका छन्। आगलागीबाट लत्ताकपडा, धनसम्पत्ति अन्न जलेपछि स्थानीय बारीको पाटामा बसिरहेका छन्।
आगलागीबाट भएको क्षति विवरणको कार्य संकलन भईरहेको छ ,पिडितलाई २ नम्बर वडा कार्यालय नेपाल रेडक्रस सोसाइटी, गाउँपालिकाले त्रिपाल, चामल, नुन, तेल राहत स्वरुप वितरण गरेका छन्।

