Gold
Bangad salyan

उपत्यकासहित आजबाट १६ जिल्लामा निषेधाज्ञा,

बैशाख १६ ,काठमान्डौ – सरकारले कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै उपत्यकासहित आजबाट १६ जिल्लमा निषेधाज्ञा जारि गरेको छ। बिहिबारबाट सरकारको निर्देशनमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका हो ।

आजदेखि काठमान्डौ ,न्हाक्तापुर ,ललितपुर ,मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, बर्दिया, कैलाली, कञ्चनपुर, बागलुङ, कालीकोटका, सुर्खेत, चितवन र पाल्पामा कडाईका साथ् निषेधाज्ञा जारि गरिएको हो ।

गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालका अनुसार १२ वटा जिल्लामा पूर्ण तथा ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रूपन्देही, पर्सा, मोरङ, कास्की, सुर्खेत र चितवन पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

यसैगरी पाल्पा, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ । गत सोमबार बसको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्दै पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने नियम बनाइएको छ ।

तेस्तै निषेधाज्ञा जारी भएपनि नागढुंगामा हजारौ सवारी साधनको लाम र जाम देखिने गरेको छ ,निषेधाज्ञा जारि गरिएपछि ति सवारी साधन हिजोदेखिनै उक्त क्षेत्रमा जाममा परेका थिए।

यस्तै सरकारले लागि गरेको ,निषेधाज्ञा सबैले नियमपूर्वक पालना गर्न गृहमन्त्रलायले जानकारी गरेको छ। नियम उल्लघन गर्नेलाई कारबाही गर्नपनि मन्त्रालयले सूचना अजारी गरेको छ।