उपत्यकामा आज १५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि,
बैशाख १६ ,काठमान्डौ – उपत्यकामा मात्र आज १५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको सूचना अनुसार काठमाडौंमा ११ सय २७ , भक्तपुरका १८२ र ललितपुरका २५२ जनामा कोरोना संक्रमण भेटिएको हो।
उपत्यका लगायत देशभरमा आज ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ।बिहीबार मात्रै नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३५ जनाको मृ,त्यु, भएको छ।
यो सहित कोरोनाबाट मृ,त्यु, हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ ।यस्तै गत २४ घण्टामा ८ सय ८८ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ ।

