रुकुम पश्चिमको चौरजाहारी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द ,
बैशाख १७ ,रुकुम – कर्णाली प्रदेश रुकुम पश्चिमको चौरजाहारी नगरपालिकामा अत्यावश्यक बाहेकका अन्य सेवाहरु केहि समयको लागि बन्द गरिएको छ ।
चौरजाहारी नगरपालिकामा कार्यरत ७ जना कर्मचारी एक जना जनप्रतिनिधि र शिक्षकहरुमा कोरोना संकरण देखिएपछि चौरजाहारी नगरपालिकाले सेवा बन्द हुने बताएको छ ।
नगरपालिकामा कार्यरत कर्मचारी शिक्षक र जनप्रतिनिधि संकर्मित भइ आईसोलेशनमा बस्नुपर्ने भएकोले नगरपालिका बाट प्रदान हुने सेवा बन्द गरिएको चौरजाहारी नगरपालिकाले जानकारी गराएको हो ।
नगरपालिका संचालित नगरबस सेवा सूचना प्राविधि अधिकृत पदको दर्खास्त आह्वान सम्बन्धि अर्को सूचना नहुन्जेल सम्मका लागि रद्द र बन्द गरिएको प्रकासित सूचनाबाट जानकारी गराईएको छ।


