Gold
Bangad salyan

सरकारको नालायकपन भारतीय नागरिकलाई नेपालबाट तेस्रोमुलुक पठाउदा कोरोना भयाबह बाँकेमा एकै दिन ११ जनाको ज्यान गयो ,

बैशाख १७ ,काठमान्डौ – विश्वमा अहिले कोरोना संक्रमणको महामारीले आतंक फैलाईएको बेला नेपाल सरकारले भने वेवास्ता गर्दै माक्स लगाउ र स्वास्थ्यमापदण्ड पालनाको अभियान चालाएको छ।

भारत चीनका खुल्ला सिमाले गर्दा अहिले दिनानुदिन नेपालमा कोरोना संक्रमित संगै मृतकको संख्यापनि बढेको पाईन्छ। अहिले बाँके जिल्लामा प्रतेकको घरमा एक संक्रमित फेला पर्ने गरेको नेपालगंज भेरी अस्पतालले जनाएको छ।

भारत नेपालको सिमानाक नेपालगंज ,रुपैडिया क्षेत्र अहिलेपनि खुल्ला छ ,दैनिक जस्ती १५ देखि २० हजार बढीले याँहाबाट आवत जावत गर्ने गरेका छन्। भारतबाट नेपाल फर्किनेहरू पनि अहिले नेपालगंजमा भिड देखिन्छ।

तेस्तै विरंगंज भण्डार नाकापनि खुल्लम खुल्ला छ ,नाकामा कडाई गर्ने भनिएपनि नागरिक आवत जावतमा भने रोक लगाईएको छैन। छिमिके मुलुक भारतम कोरोनाको भयाभहपनि भारतले आफ्ना नागरिकलाई विदेश जान रोक्का लगायो ,तर नेपाल सरकारले भारतीय नागरिकलाई नेपालबाट विदेश पठाउने अभियान चलायो।

यो कार्यले गर्दा नेपालमा कोरोनाले उग्र लियो। अहिले पनि हजारौको संख्यामा भारतबाट नेपालमा आउनेको संख्या रोकीएको छैन। उनीहरु लैनचौर स्तिथित भारतीय दुतावासबाट श्रम स्विकृति गर्ने र त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गरिरहेका छन्।

,तेस्तै भारतीय नागरिकलाई नेपालको राहदानी भिभागबाट समेत राहदानी उपलब्ध गराईने गरेको छ। नेपालमा अदैनिक ५ हजार नजिक कोरोना संक्रमित फेला हुने गर्दछन भने दैनिक जस्तो ३५ बढी संक्रमितको निधन हुने गरेको छ ,तर पनि सरकारले अझै वेवास्था गरेको छ तेस्रो मुलुक जाने भारतीय नागरिक नेपालि नागरिकमा रोकावट लगाएको छैन।

केहिदिन अगाडिमात्र भारतको भ्रमण सकेर नेपाल फर्कीएक पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह परिवारलाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना छन्। उनलाई स्वागत गर्ने भन्दै विमानस्थलमा हजारौको संख्यामा भिड थियो। कन्ट्राक ड्रेसिङ्ग गर्नेहो भने राजधानीमापनि हजारौलाई कोरोना फेला पक्कै देखिन्छ।

हिजोमात्र उपत्यकामा १ सय ३१ जनामा कोरोना संक्रमण फेला परेको थियो। उपत्यका लगायत जिल्लाका गाँउ गाँउमा आहिले कोरोना फैलिसकेको छ ,बिरामीले अस्पतालका बेड खालि छैनन् भने अक्सिजनको समेत कमि छ। तर यस्तो बेला सम्म नेपाल सरकारले कोरोना नियन्त्रन्ममा कुनैपनि संयन्त्र अपनाएको छैन।

बिहीबार एकै दिन बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् । ।