Gold
Bangad salyan

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बैशाख २७ मा संसद अधिवेशन आह्वान ,

बैशाख १९,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छिन।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि  प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले बैशाख २७ गते संसद अधिवेशन आह्वान गरेकी हुन्।

प्रधानमन्त्री केपि शर्मा ओलीले आजमात्र राष्ट्रपतिसम्क्ष भेट गरेका थिए। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन बोलाउन आह्वास गर्ने र विश्वासको मत लिने निर्णय गरेको थियो  ।