Gold
Bangad salyan

आज पनि थपिए ७ हजार ४४८ जना कोरोना संक्रमित ३७ जनाको मृ:त्यु

बैशाख २० ,काठमान्डौ – गत २४ घन्टामा स्वाथ्य मन्त्रालयले गरेको १६ हजार ६५८ पीसीआर परीक्षणमा ७ हजार ४४८ जना कोरोना संक्रमित ,फेला परेका छन्।मन्त्रालयका अनुसार सात हजार ३८८ र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा ३७ जना कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ यो संगै हाल सम्म नेपालमा कोरोनाबाट मर्नेको संख्या ३,३६२ पुगेको छ।

यस्तै यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ। गत २४ घन्टामा २,०२१ जान अनिको भएर घर फर्केका छन् ,यो संगै नेपालमा कोरोनालाई जित्नेको संख्या २ लाख ८६,हजार १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

गत २४ घन्टामा सरकारले १६ हजार ६८८ पीसीआर परीक्षण गरेको हो ,हाल सम्म सरकारले कुल २५ लाख २१ हजार १६४ पीसीआर परीक्षण गरिसकेको छ।