आधा घण्टा अक्सिजन आपूर्तीमा ढिला हुँदा अस्पतालमा ८ जनाको मृ,त्यु ,
,काठमान्डौ – अस्पतालमा उपचार गरिरहेका बिरामीको अक्सिजन सकीएपछि वुटवलमा ८ जनाको मृ,त्यु, भएको छ। रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा ५ जना र ३ जना भैरहवास्थित भीम अस्पतालका रहेका छन्।
समयमै अक्सिजन आपुर्ती हुन नसक्दा आईसीयूमा उपचाररत ५ जना को मृ,त्यु भएको अस्पताल श्रोतले जनाएको छ। मृ,त्यु हुनेमा बुटवल–८का २९ वर्षीय पुरुष, बुटवल– ११का ५२ वर्षीय पुरुष, बुटवल–१२ का ५९ वर्षीय पुरुष र बुटवल–१३ का ५२ वर्षीय पुरुष तथा बर्दघाटकी ४४ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।
बुधबार आधा घ,ण्टा जति अक्सिजन सकीएपछि सप्लाई बन्द भएको थियो ,बुधबार बिहान आउने अक्सिजन आधा घण्टा ढिला आएपछि अक्सिजन सप्लाई रोकिँदा बिरामीको मृ,त्यु, भएको अस्पतालले जनाएको छ । यस्तै भैरहवाको भीम अस्पतालमा पनि १५ मिनेट अक्सिजन आपूर्ति रोकिँदा ३ जनाको मृ,त्यु भएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सकुन्तला गुप्ताका अनुसार अक्सिजन रोकिएको केही समयमै तीन जना विरामीको मृ,त्यु भएको जानकारी दिईन्। मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका ११ का ३९ वर्षीय पुरूष, ओमसतिया २ की ७० वर्षीय महिला र सिद्धार्थनगर नगरपालिका ४ की ४४ वर्षीय महिला छन्।
अक्सिजनको अभावले बचाउन सकिने बिरामीको समेत मृत्यु हुन पुगेको अस्पताल श्रोत बताउछ। तेस्तै सरकारले समयमा अक्सिजन आपूर्ति नगर्दा बिरामीको मृ,त्यु हुन पुगेको बिरामीका आफन्तले बताए। अस्पतालमा अक्सिजन कमि भएपछि विभिन्न ठुला साना अस्पतालले बिरामी लिन मानेका छैनन्। उनीहरुले विज्ञप्ति सार्वजानिक गर्दै बिरामी भर्ना लिन नसक्ने बताएका हुन्।

