केपी ओलीलाई पदमुक्त गर्न हामीले राजीनामा दिनुपर्छ :भीम रावल
,काठमान्डौ – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफूहरूले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै रावलले प्रधानमन्त्री ओलीलाई रोक्न र पदमुक्त गर्न आवश्यक रहेको र त्यसका लागि आफूहरूले राजीनामा दिनुपर्ने बताएका हुन् ।
असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। हामीले पदबाट राजीनामा दिएर प्रधानमन्त्रीलाई पदमुक्त गर्ने स्थिति निर्माण गर्नुनै राजनीतिक, नैतिक र कानुनी दृष्टिले पनि धेरै उचित भएको उनले बताए ।
असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।
— Bhim Rawal, PhD (@BhimRawal179) May 12, 2021

