मेयर गुप्ता सहित सुरक्षाकर्मीका प्रमुखको टोली निषेधाज्ञाको अनुगमनमा
जेठ १ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको सदरमुकाम परासी क्षेत्रमा लगाईएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउन नगरप्रमुख नरेन्द्र कुमार गुप्ता सहित सुरक्षाकर्मीका प्रमुखको संयुक्त टोलीले आज अनुगमन गरेको छ ।
रामग्राम नगरपालीका प्रमुख गुप्ता, प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र , प्रहरी उपरिक्षक अजय केसी , लगायतको टोली नगरका विभिन्न क्षेत्रमा पुगेर निषेधाज्ञाको अवस्था बारे अनुगमन गरेको हो ।
कोभिड १९ को संक्रमणदर बढ्दै गएको अवस्थामा नगरबासीको स्वास्थ्य स्थितीलाई मध्यनगर गर्दै निषेधाज्ञालाई थप प्रभावकारी बनाउन अनुगमन थालिएको नगर प्रमुख गुप्ताले जानकारी दिनुभयो ।
टोलीले अनुगमनको क्रममा विभिन्न बाहाना बनाएर विना काम हिड्डुल गर्ने व्यक्तीलाई सम्झाई बुझाई पुन घर फकाईएको थियो । निषेधाज्ञालाई पुर्ण रुपमा पालना गराउन नगरका चोक चोकमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
रविन्द्र यादव ,
नवलपरासी पश्चिम ,

