कैलालीमा युवाहरुको थप कार्य आज देखि निशुल्क अटो एम्बुलेन्स सेवा सुरु
जेठ २ ,कैलाली – कोरोना महामारीका बिरामीलाई मध्यनजर गर्दै कैलाली लम्कीमा निशुल्क अटो एम्बुलेन्स सन्चालनमा ल्याएका छन्। बिरामीहरुलाई अस्पताल जाँदा र आउँदा समस्या नपरेस भनेर युवाहरुले आज देखि निशुल्क अटो एम्बुलेन्स सुरु गरेका हुन्।
गत २७ गते देखि आपतकालीन सहयोग र सुझावको लागि ईमरजेन्सी हेल्प डेस्क सुरु गरेका युवाहरु जनक सुनार लगायतको टिमले यो सेवा संचालनमा ल्याएको हो।
आपतमा परेका जो कोहीलाई निशुल्क अस्पताल र एम्बुलेन्सका फोन नम्बरहरु उपलब्ध गराउने गरि हेल्प डेस्क सुरु गरेका युवाहरुले आज देखि आफै अटो एम्बुलेन्स सुरु गरेर बिरामीको उद्दार गरिरहेका छन्।
त्यस्तै यो टिमले कोरोना महामारीले दैनिक गुजारा गरि छाक टार्न मुश्किल भएका हरुलाई सहयोग गर्ने र आवस्यकता अनुसार थप सेवा प्रदान गर्ने गरेको छ। आज सम्म ६० जनालाई उद्दार गरिसकेको समाजसेवी जनक सुनारले बताए।

