थप ७ हजार ३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
जेठ २ ,काठमान्डौ – गत २४ घण्टामा नेपालमा थप ७,हजार ३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार देशमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १० हजार १६३ जना रहेका छन्। संक्रमणका कारण आज थप १४५ जनाको मृ,त्यु छ ,भएको पनि उनले जानकारी दिए । पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका हुन्।

