महामारीमा सरकारले ईन्धनको मूल्य बढायो
जेठ ३ ,काठमान्डौ – तिब्र कोरोन महामारीको बेलामा सरकारले ईन्धनको मूल्य बढाएको छ। हिजो आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल, मट्टितेल र अन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो।
सोमबारबाट काठमाडौं उपत्यकामा पेट्रोल १२३, डिजेल र मट्टीतेल १०६ रुपैयाँ मूल्य कायम गरिएको छ। निगमले आइतबार आन्तरिक उडानतर्फको हवाई इन्धनको समेत मूल्य बढाएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७८ पुगेको छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार आइतबार मूल्य वृद्धि गरिएको हो। निगमले इण्डियन आयाल कर्पोरेशनले मे १६ मा पठाएको मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको बताएको छ।एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाई उडानका लागि प्रयोग हुने इन्धनको मूल्य भने निगमले यथावत राखेको छ।


